समाचार

एकाबिहानै भारतीय राजधानी दिल्ली हल्लियो

एजेन्सी– भारतमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । हरियाणाको बवालालाई केन्द्रबिन्दु बनाएर बिहान साढे ४ बजे भूकम्प गएको हो । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प ४.२ रेक्टर स्केलको गएको जनाइएको छ ।

सो भूकम्पको झड्काले भारतीय राजधानी दिल्ली लगायतका आसपासमा क्षेत्रसमेत हल्लिएका थिए ।

earthquake

हरियाणा प्रान्तको बावलबाट करिब १३ किलोमिटर केन्द्रबिन्दु परेको भनिएको सो भूकम्प झड्का महसुस हुने वित्तिक्कै सर्वसाधारणहरु घरबाट बाहिर निस्किएका थिए ।

भूकम्पले पुर्याएको क्षतिबारे विस्तृत जानकारी आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।