पु.समाचार

अब्राहम लिंकनको जीवनमा आएको एउटा महत्वपूर्ण चिठी, जसका कारण उनले दाह्री पाल्न सुरु गरे

काठमाण्डौ । विश्व राजनीतिक इतिहासमा अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकन विश्व प्रसिद्ध व्यक्तित्व हुन् । अमेरिकी स्वतन्त्रता संग्रामदेखि त्यहाँ भएको गृहयुद्ध र मुक्ति आन्दोलनमा समेत उनको नाम जोडिने गर्दछ ।  जसले एउटा ठूलो दासताको जंजिर चुडाल्न ठूलो भूमिका खेलेका थिए । विश्व मुक्ति आन्दोलनमा लिंकन महान व्यक्तित्व समेत हुन्, जसको प्रेरणाले सिंगो पृथ्वीको मानव जातिका लागि नयाँ मागदर्शन समेत गरिरहेको छ ।

उनै महान व्यक्तित्वको एउटा अनुकरणयोग्य प्रसंगलाई हामीले यहाँ जोड्ने कोसिस गरेका छौ । जसले अर्बौ मानिसहरुको आँखा खोलिदिन सक्ने अपेक्षा समेत गरिएको छ ।

प्रसंग हो, सन् १८६० को जतिबेला लिंकन अमेरिकी राजनीतिक रंगमञ्चमा शीर्ष नेताका रुपमा स्थापित भैसकेका थिए । सन् १८३२ बाट सुरु भएको उनको संघर्षमय राजनीतिक जीवनका उत्तारचढावमय उकाली ओरालीहरुमा उनी हिंडिरहेका थिए । सन् १८६० मा उनी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेद्धार उठेका थिए ।

उनी त्यसबेला निकै व्यस्त समेत थिए । त्यही बेला वेष्टफिल्डमा एकजना सानी केटी ९बालिकाले० आफ्नो घरमा अब्राहम लिंकन एउटा तस्वीर देखिन् । बालिकाको नाम ग्रेस वेडर थियो ।

निर्वाचनमय अमेरिकामा त्यसबेला उनको तस्बीर प्राय घर–घरमै हुन्थ्यो । ती बालिकाले लिंकनको ख्याउटे अनुहार देखिन् । उनलाई लिंकन असाध्यै मन पर्यो ।
त्यतिमात्र होइन, ती बालिकाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जीत हासिल गर्न उनको अनुहारमा मिल्दो दाह्री भैदिएको भए, केही आकर्षक देखिने महसुस गरिन्, त्यसबेला लिंकन ख्याउटे थिए ।
तैपनि उनलाई त्यो तस्वीर असाध्यै मन पर्यो र लिंकनलाई चिठी लेख्ने निधो समेत गरिन् । त्यसपछि लगत्तै उनले लिंकनलाई चिठी लेखिन् । बालिकाले लिंकनलाई लेखेको चिठी यस्तो थियोः

मिष्टर लिंकन
अभिवादन
म वेष्ट फिल्डकी एक बालिका हुँ । तपाईकी एक शुभच्छुक समेत हु । तपाई यसबेला अमेरिकाको राष्ट्रपतिमा निर्वाचन लडदै हुनुहुन्छ । मेरा ४ जना दाजुहरुले तपाइँलाई मत दिनुहुन्छ । म पनि तपाईको इमान्दार प्रशंसक–शुभेच्छुक हुँ । तपाइँको तस्वीर मैले भर्खर देखे । तपाईको तस्वीरले मलाई निकै आकर्षित गर्यो । तर त्यो तस्वीरको अनुहार आकृतिमा मैले एउटा चीज देखिन, त्यो हो दाह्री । तपाईको अनुहारमा दाह्री भैदिएको भए, सम्पूर्ण अमेरिकीहरुले थप एउटा चीज पाउँथे,पाको अभिभावकको रुपमा हजुरलाई पाउने थिए । दाह्रीले हजुरको अनुहारलाई थप राम्रो बनाउँथ्यो । हजुरलाई सफलताको शुभकामना ।

तपाईको शुभेच्छुक
ग्रेस वेल्डर
वेष्टफिल्ड, अमेरिका

त्यसपछि लिंकनले पनि ती सानी बालिकालाई छोटो चिठी लेखे । तर त्यो चिठीमा दाह्री पाल्ने–नपाल्ने कुरा खुलाएनन् । त्यसको केही समयपछि लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए । त्यसको एकवर्षपछि फेब्रुअरीमा राष्ट्रपति लिंकन वेष्टफिल्डको भ्रमण गए । रेल स्टेशन वरिपरि सर्वसमधारणको घुँइचो थियो ।

केही समयपछि राष्ट्रपति लिंकनले आफ्नो सानो साथी ग्रेस वेल्डरको नाम लिए । ठूलो भीड छिचोल्दै राष्ट्रपति लिंकनका अगाडि पुगिन् ग्रेस । जब उनी लिंकनका अघि परिन्, त्यसपछि तस्वीरमा देखिएका लिंकन र वास्तविक लिंकन छुट्टै भएको महसुस गरिन् ।

लिंकनको गालामा झपक्कै दाह्री थियो । उनी खुसीले मुस्कुराईन । लिंकनले आफुले दाह्री पाल्ने प्रेरणा र सल्लाह दिने आफ्नो सानो साथीसँग खुसी साटे र भने मेरो गालमा झपक्कै भएको दाह्री उनकै सल्लाहमा देखिएको हो, यो दाह्री उनका लागि पनि हो ।

जसलाई उनले त्यहीबाट सार्वजनिक समेत गरेका थिए । त्यसपछि लिंकनको अनुहारमा दाह्री टुटेन । उनको चेहेरा प्राय दाह्रीमा मात्र देखिन थाल्यो । पाठकवृन्द, लिंकनको जीवनको एउटा प्रसंगलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । उनको जीवनका प्रेरणायोग्य प्रसंगहरु अरु पनि थुप्रै छन् । जसले मानवजातिका लागि फराकिलो मार्गदर्शन गर्न सक्छन् ।