राजनीति

मधेसी मोर्चालाई संविधान संशोधनको प्रस्ताव अमान्य

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका नेताले सरकारले तयारी गरेको चार बुँदे संविधान संशोधन मान्न नसकिने बताएका छन् । संशोधनको सरकारी प्रस्तावले मधेसको माग पूरा हुन नसकने भन्दै उनीहरले गठबन्धले बुझाएको २६ बुँदे मागअनुसार नै संविधान संशोधन हुनुपर्ने जिकिर गरेका छन् ।

कांग्रेस, माओवादी र मधेसी मोर्चासहित संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाको माग सम्बोधन गर्न संविधानको मुख्य चार विषयमा संशोधनको तयारी गरिरहेको बेला मोर्चाका नेताहरुले त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।

संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले चर्चा भए जसरी सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भए त्यो कुने हालतमा आफूहरुले नमान्ने चेतावनी दिए । आइतबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।