पु.समाचार

भारतीय रुपैयाँको प्रतिबन्धले नेपाललाई फाइदा

काठमाडौं । भारू प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । प्रतिबन्धित भारतीय रूपैयाँको विषयमा अन्नपूर्णले आयोजना गरेको राउण्ड टेबलमा बोल्ने बक्ताले भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुने अवैध व्यापार निरूत्साहित हुने बताए ।

छलफलमा सहभागीले वैधानिक रूपमा राखिएको भारू पाँच सय र १ हजारका नोट साटिनेमा ढुक्क हुन आग्रह गरे। नेपालमा प्रतिबन्धित भारू अर्बौ रहेको अनुमान छ। सीमावर्ती तराई तथा पहाडमा भारु प्रचलनमा छ ।

भारतको निर्णयपछि प्रतिबन्धित भारू राख्ने ब्यापारी र सर्वसाधारण अन्यौलमा परेका छन् । भारतले प्रतिब्यक्ति २५ हजारसम्म भारू साट्न दिनसक्ने अधिकारीले बताए । आइतबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।