आर्थिक

भारतले दिने भो थप २ सय ५० मेघावाट बिजुली

काठमाडौं । अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन सहमत भएको छ ।

आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय विजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना रहेको छ ।

भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली आयत भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएका पाँच सय मेगावाट बिजुली आयत हुनेछ ।

नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल परवानीपुर र कटैया कुसाहाबाट पचास पचास गरी थप दुई यस पचार मेगावाट विद्युट दिन भारत सहमत भएको हो । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।