पु.समाचार

जपानमा गयो ठूलो भूकम्प, सुनामीको खतरा !

एजेन्सी– मंगलबार बिहान ६ बजे जापानमा ठूलो भूकम्प गएको छ । जापानको उत्तरपूर्वी क्षेत्र फुकुशिमामा सो भूकम्प गएको हो । सो भूकम्पको मापन ६.९ रेक्टर स्केल गरिएको छ भने फुकुशिमा सहरबाट ७० किलोमिटर टाढा त्यसको केन्द्रबिन्दु परेको जनाइएको छ । भूकम्प केन्द्र जमिनको सतहभन्दा ११ किलोमिटर गहिराईमा रहेको पनि बीबीसीले उद्धृत गरेको छ ।

भूकम्पको ठूलो झड्काका कारण फुकुशिमा न्युक्लियर प्लान्टमा ११ फिट अग्लो सुनामीको छाल ठोक्किएको बताइएको छ । फुकुशिमाकै तेश्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको समेत समाचारहरुमा बताइएको छ ।

सो घटनापछि सुनामीको खतरा समेत कायमै रहेको बताइएको छ । भूकम्पबाट भएको क्षति विवरण भने अहिलेसम्म आइसकेको छैन । यसअघि पनि जापानमा सन् २०११ मा इतिहासकै सबैभन्दा ठूलो सुनामी आएको थियो ।