खेलकुद

पुसमा हुनेभो सातौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता

काठमाण्डौ । पूर्वाञ्चलमा तीन पटकसम्म स्थगित भएको सातौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अबचाहि हुने पक्का भएको छ । सो प्रतियोगिता आगामी पुसको पहिलो साता हुने भएको हो ।

राष्ट्रिय खेलकुद परिषदको १ सय ७ औं बोर्ड बैठकले भने यो पटकको मिति समेत तय गरेको छ । प्रतियोगिता पुस ८ गतेदेखि १५ गते सम्म हुने निर्णय गरिएको छ ।

परिषद अध्यक्ष युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको अध्यक्षमा सोमबार बसेको परिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले क्षेत्रीय छनोट मंसीर २० गतेदेखि २८ गतेसम्म हुने निर्णय समेत गरेको जनाइएको छ ।