पु.समाचार

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गयो

एजेन्सी– शुक्रबार प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको जनाइएको छ । सो भूकम्पको मापन ७ रेक्टर स्केल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले प्यासिफिक सुनामी वार्निङ सेन्टरलाई उदृत गर्दै जनाएका छन् । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

सो भूकम्पले मध्य अमेरिकी देश एल सालभाडोर र निकारागुवा प्रभावित भएको जनाइएको छ । भूकम्पको केन्द्र एलसाल्भाडोरबाट १ सय २० किलोमिटर पर रहेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सो भूकम्पको केन्द्रबाट करिब ३ सय किलोमिटर टाढा सम्म सुनामी छाल आउन सक्ने चेतावनी समेत दिइएको छ । सो भूकम्पपछिको क्षति विवरणबारे केही आइनसकेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।