पु.समाचार

खुमबहादुर खड्काको समुहले मंसिर १५ गते काठमाण्डु तताउने

काठमाण्डौ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको नेतृत्वमा आगामी मंसिर १५ गते हिन्दु धर्मको पक्षमा बृहत राष्ट्रिय गोष्ठी हुने भएको छ ।

‘हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं’ भन्ने नाराका साथ हुन लागेको सो गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा तातो बहस हुने जनाइएको छ

नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभिायनले आयोजना गरेको सो कार्यक्रम काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने बताइएको छ । नेता खड्कानै संयोजक रहेको सो कार्यक्रममा उपस्थित हुनका लागि सबै राष्ट्रप्रेमी, राष्ट्रवादी तथा हिन्दुवादीहरुलाई आग्रह गरेका छन् ।