पु.समाचार

प्रधानमन्त्रीले कमल थापासँग राखे नयाँ प्रस्ताव, मान्लान त थापाले

काठमाडौं । संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्याौउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्यासउने प्रधानमन्त्रीको प्रयास छ ।

प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्न सकेका छैनन् । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा विधिवत रुपमा यो प्रस्ताव लैजाने समय थापाले पर्खिरहेको स्रोत बताउँछ ।

प्रधानमन्त्री दाहालले अनौपचारिक रुपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो । आइतबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।