पु.समाचार

योग गुरु रामदेवको कार्यक्रममा नेपालीहरुलाई अपमान

सप्तरी– शनिबार योग गुरु रामदेवलाई सुरक्षा दिने नाममा उनी सहभागी एक कार्यक्रममा नेपाली पत्रकारहरुलाई बन्देज गरिएको छ । सप्तरीस्थित छिन्नमस्ता भगवती दर्शनको कार्यक्रममा पुगेका योग गुरु रामदेव र उनीसँग जोडिएको कार्यक्रमको समाचार संकलन गर्न गएका नेपाली पत्रकारहरुलाई रोक लगाइएको हो ।

यद्यपि, भारतीय पत्रकारहरुलाई भने सो कार्यक्रममा सहभागी हुन दिइएको बताइएको छ । छिन्नमस्ता भगवती योगगुरु रामदेवको शक्तिपीठको रुपमा समेत प्रसिद्ध छ ।

सो दर्शन कार्यक्रममा नेपाली पत्रकारहरुलाई बाहिरै रोकिएको र भारतीय पत्रकारहरुलाई भने मन्दिरभित्रै पसेर फोटो खिच्न दिइएको थियो । प्रहरीले नेपाली पत्रकारहरुलाई भित्र पस्न विशेष कडाई गरिरहँदा भारतीय पत्रकारहरुलाई भने मन्दिर भित्रै पसेर समाचार संकलन र तस्वीर खिच्न समेत दिइएको थियो ।

भारतीय पत्रकारहरुले तस्वीर लिइरहँदा नेपाली पत्रकारहरु भने बाहिर बसेर टुलुटुलु हेर्न बाध्य बनेपछि पत्रकारहरुले मन्दिर भित्र छिर्न माग गरेका थिए । मन्दिरभित्र पस्न पाउने माग गर्दा प्रहरीले उल्टै हातपात समेत गरेको थियो ।

भारतीय योग गुरु रामदेव छिन्नमस्ता भगवतीको दर्शन गर्न पुगेका थिए । उनी भगवतीको मन्दिर परिसरमा दर्शन गरेलगत्तै फर्किएका थिए ।