समाचार

नवलपरासीमा जीप दुर्घटना, ७ जनाको मृत्यु, १६ जना घाइते

नवलपरासी– आइतबार बिहानै नवलपरासीमा जीप दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । नवलपरासीको डाँडाछेरी छरछरेमा भएको सो जीप दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । नवलपरासीको विकट गाउँ बालिङटार गाविस हुँदै डाँडाछेरी गाविस जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा सबै डाँडाछेरी गाविसका बासिन्दा भएको बताइएको छ । दुर्घटनामा डाँडाछेरी गाविस–८ का बासिन्दा परेको बताइएको छ । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा सुमन्ती वाचो, ५२ बर्षीया खेम बाचे, २२ बर्षीका दीपक फाल मगर, ६० बर्षका रेमबहादुर वाचे मगर, ४२ का लोकबहादुर वाचे, ४० बर्षका जयबहादुर बाचे र ४ बर्षका किसान बाचे मगरको निधन भएको हो । ती मध्ये ६ जना एउटै परिबारका रहेको जनाइएको छ ।

दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको स्थानीय पुरानो मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ ।