पु.समाचार

सिंगारपुरबाटै चीन र भारतको भ्रमण गर्न भ्याए पूर्वराजा ज्ञानेन्द्रले

काठमाडौं । तीन साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् । गत कात्तिक २३ गते सिंगापुर गएका उनी आइतबार फर्किएको हुन् ।

उनको साथमा निजी सचिव सागर तिमल्सिना, हिमानी ट्रस्टका निर्देशक श्री मल्ल, हिमानीको स्वकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोली आइतबार फर्किएको हो । सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए । भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन् ।

दशैलगत्तै नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले भारत भ्रमणको व्यवस्थापन गरेका थिए ।

सिंगापुरबाट केही दिनका लागि घुमफिर गर्न चीन गएको सो टोली चीन भ्रमणलगत्तै भारत पुगेको उच्च स्रोतले जनाएको छ । भारतपछि पुनः सिंगापुर हुँदै नेपाल फर्किएका पूर्वराजाले भारतमा उच्चस्तरीय भेटघाट गरेका छन् । सोमबारको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।