मनोरञ्जन

डियर जिन्दगीले मच्चायो हंगामा !

एजेन्सी । बलिउड स्टार शाहरुख खानले अभिनय गरेका अधिकांश चलचित्रहरु हिट हुने गरेका छन् । किङ खानका रुपमा स्थापित शाहरुखले एउटा मात्र दृष्य दिए पनि भारतीय चलचित्रहरुको बिजनेस ह्वात्तै बढ्ने परम्परा छ ।

सोही सिलसिलामा स्टार शाहरुख खान र अलिया भट्टले अभिनय गरेको पछिल्लो चलचित्र ‘डियर जिन्दगी’ ले पनि राम्रो व्यापार गरेको छ ।

सो चलचित्र रिलिज भएको ३ दिनमै ३२ करोड ५० लाख रुपैयाँ कलेक्सन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । रिलिज भएको सुरुकै दिन करिब ९ करोड रुपैयाँको विजनेस भएको डियर जिन्दगीले थप उचाई हासिल गरिरहेको बताइएको छ । उक्त चलचित्रको निर्देशन गौरी शिन्देले गरेका हुन् ।