प्रवास

गैरआवासीय नेपाली संघका अध्यक्ष घले आगामी अक्टोबरदेखि विदा हुँदै

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले सो संसथाबाट विदा लिने भएका छन् । अध्यक्ष घलेले आगामी अक्टोबरपछि संस्थाबाट विदा लिन लागेका हुन् ।

अध्यक्ष घलेले आगामी अक्टोबरमा हुने संघको केन्द्रीय र विश्व सम्मेलनबाट विदा लिने तयारी भएको जनाएका छन् । सो संघको आगामी अक्टोबर महाधिवेशन हुँदैछ । अध्यक्ष घलेले सो संघमा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

चार–चार वर्षको कार्यालकाल हुने सो संघमा उनले करिब दश वर्षभन्दा बढी समय बिताएका छन् । संघको विकासका लागि अध्यक्ष घलेको ठूलो भूमिका रहेको छ ।