स्वास्थ्य

नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्यो घट्यो

काठमाण्डौ । परिवार नियोजन र यसका साधनबारे विशेष गरी गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा। नरेश केसीले बताए ।

उनले भने, ती क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन । यसलाई शिक्षाबाट मात्रै परिवर्तन गर्न सकिन्छ ।
परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको केसीको तर्क छ ।