शिक्षा

शिक्षामा राजनीति हुनु राम्रो होेईन : रक्षा मन्त्री प्रधान

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकमा पूर्ण प्रजातन्त्र आइसकेकाले शिक्षा क्षेत्रमा दलीयकरण अब आवश्यक नपर्ने बताएका छन् ।

‘काठमाण्डौमा भएको एक शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री प्रधानले विगतमा निर्दलीय व्यवस्था विरोधी आन्दोलनलाई सघाउन शिक्षक र विद्यार्थीलाई दलले लिए पनि अब समृद्ध र प्रतिस्पर्धी समाज निर्माणमा लाग्नुपर्ने भएकाले शिक्षामा दलीयकरण आवश्यक नभएको तर्क गरे ।

सांसद जगदीश्वरनरसिंह केसी र रामहरि खतिवडाले हालै संसद्बाट पारित शिक्षा ऐन (नवौँ संशोधन) ले अस्थायी शिक्षकको समस्या अन्त्य हुने बताए ।

शिक्षाकर्मी सम्मानित
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिने करिब १५ व्यक्तिलाई सम्मान गरियो । सम्मानित हुनेमा शिक्षा पत्रकारिताबाट राससका प्रकाश सिलवाल, अभिभावकबाट सुप्रभात भण्डारी, निजी विद्यालय सञ्चालक संस्थाबाट लक्षबहादुर केसी र रामहरि सिलवाल, शैक्षिक परामर्श क्षेत्रबाट राजेन्द्र बराल, दीपक गुरुङ, नारायण बजाज, गीतकार डा कृष्णहरि बराललगायत छन् ।