पु.समाचार

समाज परिवर्तनका लागी आध्यात्मिक चिन्तन आवस्यक – मन्त्री केसी

काठमाडौँ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र थानकोटले आफ्नो २१औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी यहाँ आज मनाइएको छ ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री राजन केसीले युवाको आर्थिक, सामाजिक विकास गरी उनीहरुलाई देशको आर्थिक समृद्धिमा समाहित गर्न युवा नीति परिमार्जन गर्न लागेको जानकारी दिए ।

उनले आधुनिक समाजमा आध्यात्मिक चिन्तनको खाँचो औँल्याउँदै खेलकुदका माध्यमले अनुशासित समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समग्र पूर्वाधार विकासका लागि कार्ययोजना तयार भई कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक ब्रह्मकुमारी राजयोगीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नगरपालिका वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ७ का वडाध्यक्ष शम्भुकुमार केसीले आध्यात्मिक ज्ञानको महत्वबारे प्रकाश पारेका थिए।