शिक्षा

शिक्षामा नीतिगत सुधारको खाँचो छ : शिक्षा राज्यमन्त्री

चितवन । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताए । बीचमा नै पढाइ छाडेकालाई स्वरोजगार शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।

शिक्षकको वृत्ति विकास विद्यार्थीको शैक्षिक उन्नतिसँग गाँसिनुपर्ने बताउँदै उनले राम्रो पढाउने शिक्षकलाई ग्रेड, बढुवा र पुरस्कृत दिनुुपर्छ भने । राज्यमन्त्री अधिकारीले भने “सधैँ विद्यार्थी फेल गराउने शिक्षकलाई निश्चित समय दिएर बिदा गर्नुपर्छ ।”