मनोरञ्जन

यसकारण नायिका रेखा थापा यसकारण अहिले चर्चामा

काठमाण्डौ । चलचित्रमा जब नायिका रेखा थापा हुन्छिन्, त्यसले निकै चर्चा पाउँछ । रेखाको मुख्य भूमिका रहेको चलचित्र उनले श्रृजना गर्ने स्क्यान्डल र गसिपकै कारणले चल्ने गर्छ । कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’मा समावेश गीतहरु पनि यतिबेला चर्चामा छन् ।

अन्तर्वार्तामा बोल्दै नायिका रेखा थापाले दाइजो प्रथा, बोक्सीको आरोप, एसिड प्रकरण लगायतको महिला माथि हुने अत्याचारको पराकाष्टा रुद्रप्रियामा देख्न पाइने र चलचित्रमा आफ्नो सशक्त भूमिका रहेको बताइन् । भविष्यमा नवप्रतिभाहरुलाई मौका दिने तर नवाप्रतिभामा पनि क्षमता हुनुपर्ने बताइन् ।

८ बर्षपछि आर्यन र रेखा चलचित्रको पर्दामा रोमान्टिक अवतारमा देखिएका छन् । दर्शकहरु आर्यन–रेखाको केमिस्ट्री फेरी एकपटक हेर्नको लागि निकै नै प्रतिक्षा गरेर बसेका छन् । आर्यनसँगको लामो मनमुटावको बारेमा बोल्दै रेखाले समय र परिस्थितिले मानिसलाई टाढा बनाउने भन्दै विनाकारण वालापनमा भएको सानो मनमुटावलाई चिर्दै मित्रता अगाडी बढाउन आफुले नै हात अगाडी बढाएको खुलासा गरिन् ।

चलचित्रमा आर्यन सिग्देललाई किन रोज्नुभयो भन्ने प्रश्नमा रेखाले आर्यन नै चलचित्रको लागि योग्य पात्र भएको बताइन् । विवाहपश्चात आर्यन सिग्देल परिवर्तन भएको बताउदै रेखाले उनको श्रीमतीसँग राम्रो सम्बन्ध भएको बताइन्।