पु.समाचार

पुष्पकमल दाहालले गरे यस्तो प्रतिबद्धता

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको जितले अब मुलुकलाई राजनतिक स्थायित्वतर्फ लैजाने दाबी गरेका छन् ।

शनिबार काठमाण्डौ क्षेत्र नम्बर ५ मा संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले वाम गठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको दाबी गर्दै त्यसलाई टुट्न नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको बताउँदै उनले अब माओवादी र एमाले छिट्टै एकता प्रक्रियामा जाने बताए ।