अन्तर्राष्ट्रिय

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद । पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्ष्य गरेर सो हवाई कारबाही गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

सोही कारबाहीको क्रममा एकजना कुख्यात तालिबन कमाण्डर मोहिदुल्लाह आलिज यासेरसहित छ आतङ्ककारीको घटनास्थालमा नै मृत्यु भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन ।