अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ ।

उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको समाचारमा जनाइएको छ ।

प्रहरीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवास जाने बाटोमा नै प्रदर्शन गरेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीले आपूmहरुको माग पूरा नगरेमा प्रदर्शन, आन्दोलनलाई थप शसक्त र फराकिलो बनाउँदै लैजाने सांसद जयदेव गालाले बताए ।