पर्यटन/संस्कृति

‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ विमोचित

राजविराज । ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’शीर्षक मैथिली पुस्तक मंगलबार यहाँ विमोचन गरिएको छ । सप्तरीको सखडेश्वरी छिन्नमस्ता भगवतीको विविध जानकारी समेटिएको उक्त कृति प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले विमोचन गर्दै प्रदेशमा कानून निर्माणका लागि ‘कानून मस्यौदा सहजीकरण समिति’ गठन भई कानून निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए ।

इतिहासविद् प्रा डा पीताम्बरलाल यादवले सप्तरीमा प्राचीन एवं ऐतिहासिकस्थल अझै ओझेलमा रहेकाले तिनको संरक्षण संवद्र्धन गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपालका पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवं मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवद्वारा लिखित उक्त पुस्तकमा महिषासुर मर्दिनी स्तोत्र, देवीको ध्यान, देवी प्रार्थना, सप्तरी जनपद र सप्तरी जिल्लाको इतिहासलगायत वर्तमानवस्था, शक्तिपीठको प्रतिमा, घोषणा र रहस्य, लालापट्टी र सकरपुराका गढी, दश महाविद्या पूजाको फललगायत विषयवस्तु समावेश गरिएको छ ।

नेपाल टेलिभिजनका सप्तरी संवाददातासमेत रहनुभएका यादवका यसअघि दुई पुस्तक प्रकाशन भइसकेको छ । पुस्तकले छिन्नमस्ता भगवती मन्दिरको महत्व झल्काउनाका साथै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पुस्तकबाट मद्दत मिल्ने लेखक यादवले बताए ।