पर्यटन/संस्कृति

वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा

पोखरा । तालैतालको शहर पोखरामा पानीमा मनोरञ्जन लिने वाटर पार्क ‘बिग स्प्लास’ बिहीबारदेखि सञ्चालनमा आएको छ ।

आर्य दि रिसोर्ट एण्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो । प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क निर्माणमा कूल रु ११ करोडको लगानी भएको छ ।

पूर्णरुपमा प्रशोधित पानीको प्रयोग हुने स्प्लासमा बच्चादेखि वयस्कसम्मले पानीमा मनोरञ्जन लिन सक्ने गरी विभिन्न संरचना निर्माण गरिएको उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने पर्यटकलाई लक्ष्य गरी वाटर पार्क निर्माण गरिएको र यसले पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे ।