काठमाण्डौ । नेपाली काँग्रेसका प्रभाबशाली नेता डा शेखर कोईरालाले शान्तीपुर्ण प्रदर्शनमा समेत बल प्रयोग गरेर निरंकुश शाही शासनको झझल्को दिएको बताएका छन्।
डा.कोईरालाले बर्तमान सरकार कुनैपनी बाहानामा लोकतन्त्र समाप्त गरेर मुलुकमा सर्बसत्ताबाद स्थापना गर्न लागीपरेको बिचार ब्यक्त गरेका छन् ।
खरो रुपमा प्रश्तुत भएका डा.कोईरालाले डा गोबिन्द केसीलाई सत्याग्रह बसेको ठाउबाट जबर्जस्ती उठाएर सरकारले ठुलो गल्ती गरेको आरोप लगाएका छन्। कोईरालाले भने, “कहिले उपकुलपतीलाई अपराधी जस्तो गरी बिमानस्थलबाट पक्रेको छत कहिले सत्याग्रहमा बसेको डाक्टरलाई अमानविय ब्यवहार गर्दै अपहरणको शैलीमा उठाएको छ। कहिले मन्त्रीलाई प्रश्न सोधेको भन्दै पत्रकारको कार्यक्रम बन्द गरेको छ। यसले के सन्देश जान्छ? सरकार कुन बाटो हिड्दैछ?”
बिपी कोईरालाको ३६औं स्मृतिमा नेपाली काँग्रेस बाँकेले नेपालगंजमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले नेपाली काँग्रेस पार्टी अब तदर्थबाद बाट चल्नै नसक्ने बताए । केन्द्रीय सदस्य प्रदिप पौडेलले बिगतमा पार्टीले कहाँ गल्ती गर्यो र जनताले यती ठुलो सजाय दिए भनेर समिक्षा गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा पुर्व आमन्त्रित केन्द्रिय सदस्य केशव सिंह, पुर्व सांसद शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरू डा गोबिन्द पोख्रेल र डा स्वर्णिम वाग्ले, काँग्रेस ईलामका सभापती हिमालय कर्माचार्य, बर्दियाका सभापती संजय गौतम, बाँकेकी सभापती किरण कोईराला लगायतले आफ्नो मन्तब्य राखेका थिए ।





