प्रदेश 1

रासायनिक मल पर्याप्त

विराटनगर । जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ । वर्षे धानबालीका लागि रासायनिक मलको अभाव नभएको साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ । वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३६० वितरण भई नौ हजार ७३ बोरा मौज्दात रहेको भण्डारण शाखाका कर्मचारी दिलचन्द्र राईले जानकारी दिए ।

डिएपी मल २१ हजार ६० बोरा खपत भएको थियो । मोरङ बाहेक अन्य जिल्लामा डिएपी दुई हजार २६० बोरा वितरण गरिएको थियो भने अझै १८ हजार ३६९ बोरा मौज्दात रहेको राईले बताए। गैरअनुदान रासायनिक मल अल्मुनियम सल्फेट मोरङमा एक हजार ३३२ बोरा खपत भई अरु जिल्लामा छ हजार २७० वितरण गरिएको थियो । हाल सो मल १० हजार ५५७ बोरा मौज्दात रहेको छ ।