प्रदेश 1

यस्तो बन्दैँछ ‘मार्ट सिटी’

काठमाडौं । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।

इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले बताए । भवन निर्माणका लागि निर्माणस्थलमा रहेका कपडा र तरकारी पसल हटाइसकिएको छ ।

नगर प्रमुख महेश बस्नेतले शुक्रवार शिलान्यान गगरेको सो भवन आगामी ०७६ चैत ३० सम्ममा निर्माण भइसक्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ ।

हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु¥याउने अपेक्षा लिइएको छ । इलामलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न यो आधुनिक भवनले सहयोग पु¥याउने बताइएको छ ।