मनोरञ्जन

अर्जुन र कल्पनाको आवाजमा “रातो सारी रातै छ चुरा” (हेर्नुहोस् भिडियो)

काठमाडौ । अन्जना डिजिटल म्युजिकको प्रस्तुतिमा अर्जुन पन्तको मौलिक लय तथा शब्द सिर्जनामा नेपाली नारीहरुको महानपर्वलाई लक्षित गरि तयार पारिएको भिडियोमा पर्बत जिल्ला फलेवास नगरपालिका वडा न ७ लिमिठाना छहरा मा जन्मनुभएका गायक अर्जुन पन्त र गायिका कल्पना गुरुङको आवाजमा “ रातो सारी रातै छ चुरा ” रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा माया र प्रेमका चोटिला अभिब्यक्तिहरु गीतमा समेटिएको छ । आफनी मायालुलाई जहाँ भएपनि नविर्सेको कुरा गायकले गरेका छन । बासु वरालको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन गीतमा रहेको छ । भिडियोमा समिर र सरिनाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियोः–