प्रवास

यस्तो रह्यो डिसी नेपाली समाजको जनै पूर्णिमा तथा रक्षा बन्धन !

काठमाडौं । धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७५ सालको जनैपूर्णिमा तथा रक्षा बन्धन मा बिशेष भब्यताको साथ सम्पन्न गर्न सफल भएको छ । यस पटक बिदाको दिन आइतबार परेको अवस्था साथै नेपालीहरुको जन घनत्व वृद्धि भएकोले अन्य बर्षहरुको अनुपातमा निकै भिड भएको छ ।

बिहानै देखि भिड भएको र मध्यान्ह सम्म झन्डै दुई हजार भन्दा ज्यादा नेपाली समुदाय सदस्यहरुको ओइरो लागेको थियो। एकल रुपमा सन् २०१० देखि जनैपूर्णिमा तथा रक्षा बन्धन आयोजना गर्दै आएको समाजले यस पटक समेत नवौ पटक जनैपूर्णिमा तथा रक्षा बन्धन मनाएको छ ।

डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि अगस्त २६ तारिख आइतबार जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि सांझ सम्म चलेको थियो ।

बिहान ७ बजे देखि साँझ ७ बजे सम्म समय राखिएता पनि नेपाली समुदायको आग्रहमा बिहान ७ बजे देखि ८ बजे सम्म जनै पुर्णिमा चलेको थियो । आउने सबैलाई क्वाटी ,पुलाउ ,अचार ,हलुवा ,तर्बुजा आदि खुवाईएको थियो ।

संस्थाका सभापति अरुण रुपाखेतीले जनै तथा रक्षाबन्धन संस्थाले ९ औ पटक मनाएको भन्दै चाड पर्वमा नेपाली समुदायको बाक्लो उपस्थितिले आफू अझ उत्साहित भएको बताए ।

डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धनको समेत व्यवस्था गरिएको थियो ।

यसरी नै घुइचो हुने र हरेक बर्ष यो पर्व मनाउने हो भने डिसी नेपाली समाजले मात्र थेग्न नसक्ने देखिएको छ । यसको लागि डिसी क्षेत्रमा रहेका अन्य संघरसस्थाहो संग को हातेमालो तथा सहकार्य गर्नु पर्ने अपरिहार्यता टड्कारो देखिएको छ । डिसी क्षेत्रमा अझ बिस्तृत तथा व्यापक बनाउने हो भने जनैपूर्णिमा तथा रक्षा बन्धन सवै संघरसंस्थाहरुले ऐक्य बद्धता जनाउन सके सबैलाई राम्रो हुने छ ।