गण्डकी प्रदेश

पर्यटन विकासका लागि समिति

पोखरा । ग्रामीण क्षेत्रको पर्यटकीय विकासका लागि पोखरामा पर्यटन प्रवद्र्धन एवं होमस्टे (घरबास) समिति गठन गरिएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटमा सो समिति गठन गरिएको हो ।

भीमप्रसाद पराजुलीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा चन्द्रकुमारी राना रहेकी छिन् । यस्तै विश्वराज पराजुलीको अध्यक्षतामा सात सदस्यीय चापाकोट देउराली होमस्टे समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा तारा अर्याल, सचिवमा नारायणी पराजुली तथा कोषध्यक्षमा लक्ष्मी पराजुली रहेका छन् ।

गण्डकी प्रदेशका अधिकांश गाउँ घरबास पर्यटनका लागि उपयुक्त भएका कारण सम्भाव्य स्थानमा आवश्यक तालीमको व्यवस्था गरी स्थानीवासीलाई त्यसतर्फ अभिप्रेरित गर्न समिति गठन गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेल बताउनुहुन्छ । गण्डकी प्रदेशमा हाल १०० भन्दा बढी गाउँमा घरबास कार्यक्रम सञ्चालन भइसकेको छ ।