प्रदेश 1

ढलको उचित व्यवस्थापन नहुँदा स्थानीयवासी पीडित

विराटनगर । पूर्वक्षेत्र कारागार झुम्का सुनसरीमा अहिले ढलको ठूलो समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । पूर्व क्षेत्रको सबै भन्दा ठूलो यो कारागारमा एक हजार ६०० बन्दी अट्ने क्षमता भए पनि अहिले एक हजार ५५७ कैदीबन्दी रहेको कारागार प्रमुख गणेश अधिकारीले जानकारी दिए ।

नौ वर्षअघि सञ्चालनमा आएको यो कारागारबाट उत्पादन हुने फोहरको उचित व्यवस्थापन हुननसक्दा प्रदूषण फैलिएपछि स्थानीयवासीले यसको विरोध गरेका छन् ।

यहाँका कैदीबन्दीमध्ये ४०० देखि ५०० बिरामी अवस्थामा छन् । साधन र स्रोतको अभावले उनीहरुलाई उपचारका लागि सदरमुकाम इनरुवा वा धरान लैजान समस्या पर्ने गरेको बताइएको छ

कारागारमा मानसिक रोगी ३० जना, एचआइभी (एड्स) संक्रमित तीन जना, अर्बुद रोगी एक जना, हेपाटाइटिस बी र सी एक/एक जना, मुटु रोगी १५ जनालगायतका छन् । कारागारमा ७० वर्ष उमेर पुगेका आठ कैदी छन् ।