बाग्मती

छतबाट खसेर मृत्यु

नुवाकोट । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढे्की थिइन् । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खसेकी थिइन्  । गम्भीर घाइते उनको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।