मनोरञ्जन

नवतनधाममा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुने

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी (प्राकट्य) महोत्सव भाद्र १७ गते आयोजना हुने भएको छ । गत विगत विगत वर्षहरुझै यस वर्ष पनि मन्दिर दर्शन, भजन, सास्कृतिक कार्यक्रम, झांकी, श्रीकृष्णका उपदेश सम्बन्धी प्रवचन तथा प्रसाद वितरण लगायत कार्यक्रम आयोजना हुने भएको हो ।

कार्यक्रम योजना अनुसार विहान ४ बजे देखि राती १२ सम्म मन्दिर दर्शन, विहान ९ बजे देखि बेलुका ५ बजे सम्म र बेलुका ७ बजे देखि राती १२ बजे सम्म सास्कृतिक हुनेछ । राष्ट् प्रमुख, मन्त्रीहरु, विशिष्ठ पाहुनाहरुबाट मन्दिर दर्शन हुने परम्परा रहेको प्रचार प्रसार विभाग महोत्सव मुल समारोह समिति संयोजक भोला दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत जनाईएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर नवतनधा, कागेश्वरी, मनोहरा, ०८ गोठाटारमा लाखौ भक्तजनहरुले दर्शन गर्नेछन् । साथै महोत्सवमा रक्तदान तथा प्रसाद वितरण विहान ९ बजे देखि बेलुका ६ बजे सम्म हुने जनाईएको छ ।