पु.समाचार

फरार दावा लामा नयाँ दिल्लीबाट प्रहरी नियन्त्रणमा

काठमाडौँं । गुण्डागर्दीमा संलग्न रहेको अरोपमा दावा लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई भारतको राजधानी नयाँदिल्लीबाट नियन्त्रणमा लिईएको हो । लामा दुवईबाट नेपाल आईरहेका बेला शनिबार पक्राउ परेका हुन् । उनीमाथि सिक्किममा बसेर जुवा खेलाउने गरेको आरोप लागेको छ ।

अहिले कोलकत्ता प्रहरीको कब्जामा रहेको लामा पटपटक जेल पर्दै छुट्दैँ आएका छन् । २०७३ चैत २९ गते राजधानीको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवा खेलाएको अभियोग लागेका लामालाई लामो समयदेखि खोजतलास गरिरहेको थियो ।