प्रदेश 1

पानीमा डुबेर दुई बालकको मृत्यु

उर्लाबारी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो । बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिए ।
त्यस्तै कानेपोखरी गाउँपालिका–३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ ।