मनोरञ्जन

हेर्नुहोस् गम्भीर बिष्टको ‘आमा’ (भिडियोसहित)

काठमाडौंं । आमाले आफ्नो सन्तानलाई अति माया गर्दा सन्तानले त्यसको दुरुपयोग गरेर आउँने परिणामको कथा बोकेको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्नो सन्तान जुनसुकै गलत बाटोमा लागेता पनि आमाको मायाको शक्ति र धैर्यताले सन्तानलाई सही मार्गमा ल्याउँन सक्छ भन्ने भावनात्मक सन्देश बोकेको आमा बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टको निर्देशनमा बनेको यस गीतको भिडियोमा अरुणा कार्की र शैब्रत आचार्यको दमदार अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन् ।

उक्त गीतको शब्द तथा संगीत अमाशी उर्वान राईले गरेका हुन् भने सुजीत उर्वानको स्वर पनि प्रशंसा योग्य छ ।