समाचार

२ किलो सुन काठमाडौँबाट बरामद, ६ जनालाई हतकडी

काठमाडौं । नक्कली सुनसहित राजधानीबाट ६ जना पक्राउ परेका छन् । काठमाडौंँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुंगाबाट उनीहरुलाई गएराती नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरुमा कोटेश्‍वरका २६ बर्षीय अभिषेक तामाङ, नुवाकोट तारकेश्‍वर १ घर भएका २८ बर्षिय राम तामाङ, धादिङ दार्खा ४ घर भएका २१ बर्षिय राज तामाङ, नुवाकोटका २५ बर्षिय जितेन तामाङ, नुवाकोटका २५ बर्षिय विरेन्द्र तामाङ् र धादिङका १८ बर्षिय राजकुमार तामाङ रहेका छन् ।

महानगरिय प्रहरी परिसर काठमाडौको टोलीले चेकजाचँ गर्ने क्रममा सुन जस्तो देखिने कम्तीमा २ किलो नक्‍कली सुन सहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।