समाचार

पहिलो पटक जिउदैँ पाँचवटा रेडपाण्डासहित दुईजनालाई राजधानीबाट हतकडी

काठमाडौं । पाँचवटा रेडपाण्डासहित दुईजनालाई नियन्त्रणमा लिईएको छ । मंगलबार उनीहरुलाई दुर्लभ बन्यजन्तु मानिने रेडपाण्डासहित राजधानीबाट नियन्त्रणमा लिईएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार गम्भीर अवस्थामा जिवितै समातिएर रेडपाण्डा अहिले मरिसकेका छन् । बारम्बार रेडपाण्डाको छाला बरामद भएका समाचारहरु प्रकाशमा आएपनि पहिलो पटक जिउदैँ रेडमापाण्डा बरामद गरिएको समाचार प्रकाशमा आएको हो ।

उनीहरुको नाम खुलिनसकेको र उनीहरुमाथि थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।