आर्थिक

लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरीबीच सम्झौँता

काठमाडौं । लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) ले नेपालअधिराज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित एक सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गतथा के–ल्यावकातर्फबाट कान्ति थापा द्वारा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । यस सम्झौता पछि लक्ष्मी बैंककाग्राहकएवं कर्मचारीहरुले के–ल्यावले प्रदानगर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नुहुने छ ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा२५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्गएजेन्टहरु रहेका छन् ।