आर्थिक

‘बजाज आरइ सँग खुसियाली’ क्याम्पेन सार्वजनिक

काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स —परिवार’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडृपर्वले मानिसमा उत्साह, उमंग, जुनुन तथा आशा लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो ।