काठमाडौं । गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित ‘मत मर्छु होला’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् । विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको ‘मत मर्छु होला अहिले चर्चाको शिखर टेक्दै गरेको छ िसुदिप सापकोटाको शब्द रचना रहेको यस गीतमा रमेश श्रेष्ठ (मेलोडी) को संगीत कम्पोज रहेको छ ।
छायांकार तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल कविता, गायक विश्वराम कार्की र जिवनको अभिनय रहेको छ । माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई आषिश बस्नेतले छायांकन गरेका छन् ।
भिडियो हेर्नुहोसः–