समाचार

नुवाकोटमा हेलिकोप्टर दुर्घटनाग्रस्तः ७ जनामध्ये ६ जनाको ज्यान गयो (मृतकको नामठेगानासहित)

काठमाडौं । गोर्खाबाट काठमाडौं आउदैँ गरेको हेलिकोप्टर दुर्घटनाग्रस्त हुदाँ ६ जनाको ज्यान गएको छ । हेलिकोप्टरमा सवार ७ जनामध्ये पाइलटसहित ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो ।

एकजनाको भने उद्धारको काम भईरहेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो विमानमा सवारमध्ये मृत्यु हुनेमा एकजना जापानी नागरिक रहेको र बाँकी सबै नेपाली नागरिक रहेका थिए ।

नुवाकोटको नेत्रावती वडा नम्बर ३मा हेलिकोप्टर फेला परेको छ । मृत्यु हुनेहरुमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका छन् ।

घाईते गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकीको उद्धार कार्य जारी रहेको छ ।