बाग्मती

सहकारीको विकासमा जोड

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सहकारीको विकासका लागि बजेट छु्ट्याएकाले यस विषयमा उपयुक्त योजना बनाएर पेश गर्न सुझाव दिए ।

श्रमिक बचत तथा ऋण सहकारी संस्थाको आज यहाँ आयोजित वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले पैसा थुपारेर मात्र सहकारीको विकास नहुने भएकाले सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा आफ्नो रकम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पौडेलले सहकारी संस्थाले विगतको भन्दा फरक शैली अपनाउनुपर्ने सुझाव दिँदै विकासका लागि यस्ता संस्थालाई एक आपसमा गाभिनुपर्ने आवश्यकता पनि औँल्याए। त्यस अवसरमा सहकारीमा आबद्ध ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।