समाचार

दुईजना बालिकामाथि राजधानीमै चारदिनदेखि लगातार बलात्कार, आंशकामा खत्री समातिए

काठमाडौँ । राजधानीमा दुईजना बालिकामाथि बलात्कार भएको छ । काठमाडौँको किर्तिपुरमा ती बालबालिकालाई बन्धक बनाएर बलात्कार गरिएको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौँका अनुसार पिडित बालिकाहरु क्रमशः १३ र १४ बर्षका रहेका छन् । उनीहरु घरबाट बेपत्ता भएको ४ दिन भएको थियो । उनीहरुको स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाईएको छ ।

यसैबीच, उक्त बलात्कारमा संलग्न रहेको आशंकामा एकजना युवक समातिएका छन् । पक्राउ पर्नेमा हनुमानघाट बस्ने २५ बर्षिय हेम खत्री रहेका छन् । उनलाई नियन्त्रणमा लिई अनुसन्धान पक्रिया अगाडी बढाईएको महानगरिय प्रहरी बृत किर्तिपुरका डिएसपी अनिल कुमार खड्काले बताए ।