पु.समाचार

प्रधानन्यायाधीशमा अनुमोदित मिश्र को हुन् ?

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। गरेपछि मिश्रलाई दुई साताअघि संवैधानिक परिषद्ले सिफारिश गरेको थियो।

उनीविरुद्ध परेका चारवटा उजुरीमध्ये मुख्य उजुरी मानिएको गुठीको जग्गासम्बन्धी उजुरी भने उजुरीकर्ताले नै फिर्ता लिएका थिए।

को हुन् न्यायाधीश मिश्र ?
मिश्र २०१० सालमा रुपन्देहीमा जन्मिएका थिए । २०३८ सालमा शाखा अधिकृतका रूपमा न्यायालय प्रवेश गरेका उनी जिल्ला अदालतको अतिरिक्त न्यायाधीश हुँदै पुनरावेदन, विशेष र सर्वोच्च अदालतमा चार वर्षअघि न्यायाधीशका रूपमा प्रवेश गरेका थिए।

उनी प्रधानन्यायाधीशमा अनुमोदित हुने भाग्यमानी व्यक्ती किनभने रोलक्रम अनुसार प्रधानन्यायाधीशमा नपरे पनि उनी अघि रहेका जोशीलाई सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र यो पदका लागि वरिष्ठताको आधारमा सिफारिश भएका थिए ।

प्रधानन्यायाधीशको कार्यकाल पुस महिनाको २७ गतेसम्मका लागि हुनेछ।

यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई उक्त समितिले अस्वीकृत गरेको थियो ।