समाचार

मानव बेचबिखनसंबन्धी एकीकृत तथ्याकं प्रहरीसंग छैन: आईजीपी खनाल

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचनाअनुसारको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

आयोगले सोमबार कार्यालयमा आयोजना गरेको ‘मानव बेचबिखन राष्ट्रिय प्रतिवेदन सार्वजनिकरण’ कार्यक्रममा आयोगका पदाधिकारीले घटना बढ्नु राम्रो नभएको भन्दै कम गर्न सरोकारवाला निकायलाई सजग गराइएको हो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदनलाई सरोका रवाला सबैले गम्भीररुपमा अध्ययन गर्नुपर्ने बताउँदै मानव बेचबिखन नियन्त्रणका लागि सरकारले गर्नुपर्ने तयारीका सम्बन्धमा प्रतिवेदनले सिफारिश गरेको छ भने ।

आयोगकी सदस्य मोहना अन्सारीले मानव बेचबिखनका घटना न्यूनीकरणका लागि स्थानीय तहसम्म आयोगको संयन्त्र हुनुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनसम्बन्धी एकीकृत तथ्याङ्क नेपाल प्रहरीसँग नभएको उल्लेख गर्दै मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने बताए ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले सबै निकायले आफ्नो भूमिका जिम्मेवार भएर निभाउँदा मानव बेचबिखन नियन्त्रण हुने बताए।