समाचार

विद्यालय जान भनेर हिडेकी यी किशोरी ५ दिनदेखि लापत्ता, प्रहरीले के गर्दैछ ?

तौलिहवा । कपिलवस्तुकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे ५ दिन देखि बेपत्ता भएकी छिन् । ५ दिन अगाडी विद्यालय जान्छु भनेर घरबाट हिडेकी ती किशोरीको अझैँ अत्तोपत्तो नलागेको हो ।

अभिभावकका अनुसार भदौँ २१ गते उनी सम्पर्कविहिन भएकी थिईन् । बेपत्ता किशोरीकी आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी खोजिदिन अनुरोध गर्दै निवेदन दिएकी बताईन् ।

इलाका प्रहरी कार्यालय पिप्राका इन्सपेक्टर चन्द्र केसीका अनुसार उनको फोटो र हुलियासहित सबैतिर परिपत्र गरिसकिएको र खोजतलास तीव्र पारिएको छ ।

अनुसन्धानका लागि प्रहरीले अदालतबाट अनुमति लिएर टेलिकमबाट कल डिटेल झिकाएर थप अनुसन्धान अगाडि बढाएको छ ।