पु.समाचार

दिलिप बिष्ट माथि प्रहरीले लगाएको आरोप झुठो, डिएनए रिपोर्ट आयो नेगेटिभ

काठमाडौँं । १३ बर्षीय निर्मला पन्तको हत्या प्रकरणले नयाँ मोड लिएको छ । उनको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दिलिपसिंह बिष्ट र घटनामा संलग्न रहेको आरोप समातिएका बम दिदीबहिनी सामान्य तारिखमा रिहा भएका हुन् ।

डिएनए टेष्टको रिपोर्ट आएपछि दिलिप बिष्ट छुटेका छन् । उनको डिएन रिपोर्ट नेगेटिभ आएपछि उनलाई साधारण तारिखमा छुटेका हुन् भने यता बम दिदीबहिनी रोशनी बम र बबिता बमलाई पनि जिल्ला अदालतले छोड्न आदेश दिएपछि छुटेका छन् ।

साउन १० गते निर्मलाको बलात्कार पछि हत्या गरी उनको शव त्यहीको उखुबारीमा भेटिएको थियो ।