समाचार

निर्मला हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएरैँ छाड्छु भन्दैँ केसीको राजिनामा फिर्ता

काठमाडौं । १३ बर्षिय निर्मला पन्तको बलात्कार पछिको हत्याको सत्यातथ्य पत्ता लगाउन गठित छानविन समितिबाट राजिनामा दिएका विरेन्द्र केसी समितिमै फर्किएका छन् । गृहमन्त्री राम बहादुर थापा बादल र आईजिपी सर्वेन्द्र खनालसँगको छलफलपछि उनी समितिमा फर्केका हुन् ।

प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले राजिनीमा फिर्ता लिदैँ घटनाको सत्यतथ्य विवरण बाहिर ल्याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

समितिको म्याद थपिएकोप्रति असन्तुष्टी प्रकट गर्दै केसीले गत सोमबार समितिको सदस्यबाट राजिनामा घोषणा गरेका थिए ।